Quantcast
Channel: Khabar Report

काभ्रे जिल्लाका वैज्ञानिक सत्यालको टोलीले नयाँ ग्रह “केप्लर–४७”पत्ता लगाए

$
0
0

काठमाडौं, ६ बैशाख । ३५ वर्षिय नेपाली खगोलशास्त्री प्रा.डा.सुमन सत्याल सहितको ६ सदस्यीय वैज्ञानिक टोलीले गतबुधबार (बैशाख ४ गते) ‘केप्लर—४७ डि’ नामक नयाँग्रह पत्तालगाएका छन् । दुईवर्षअघि वैज्ञानिक प्रा.सत्याल सहितको अर्को टोलीले सौर्यमण्डलमा नयाँग्रह ‘ग्लिजा ८३२ डि’ पत्तालगाएको थियो ।

अमेरिकाको टेक्सास विश्वविद्यालय, आर्लिङ्गटनका प्राध्यापक सत्याल सहितको वैज्ञानिक टोलीमा सान डियागो विश्वविद्यालयका जेरोम ओरोसज र विलियम वेल्श, हवाई विश्वविद्यालयकानादेर हाघिघिपौर, ओक्लोहामा विश्वविद्यालयका बिल्लीक्वार्लस तथा नासाका वैज्ञानिक ज्याकलिस्साउएर छन ।  सामाजिक सञ्जाल मेसेञ्जरबाट कुरा गर्दै वैज्ञानिक प्रा.सत्यालले  नयाँग्रहको बारेमा बताएकाहुन ।

वैज्ञानिक प्रा.सत्यालकाअनुसार पत्तालागेको नयाँग्रह हाइड्रोजन र हिलियम रसायनले भरिएको पाइएकोले यसमामानव या अन्यकुनै जीव बस्न सक्दैन । २ वटा सुर्यको वरिपरि घुम्ने ‘केप्लर—४७ डि’ मल्टीप्लानेट सिस्टम भएको पनि वैज्ञानिक सत्यालले बताएका छन् ।
नयाँग्रह ‘केप्लर ४७ डि’ वरुण अर्थात नेप्च्युनग्रहजत्रो करीव ५० हजार वर्गमिटर व्यासको रहेको बताइन्छ । यसअघि केप्लर—४७ बि र ४७ सी पत्तालागिसकेको पनि वैज्ञानिक प्रा.सत्यालले बताए ।

सन् २०१० देखि टेक्सास विश्वविद्यालय, आर्लिङ्गटनमा खगोलशास्त्र विषयमा प्राध्यापन गर्दै आएका वैज्ञानिक सत्यालविगत ९ वर्षदेखि सौर्यमण्डलमा नयाँग्रहको खोजीमा सक्रिय छन् । उनी नेपाल खगोलशास्त्री समाज (नासो) का सल्लाहकार समेत हुन । रामप्रसाद सत्याल र गोमादेवी सत्यालका जेठा छोरा सुमन काभ्रे जिल्ला बाँसडोलमा ३५ वर्षअघि जन्मेकाहुन ।

वैज्ञानिक सत्यालको सहयोगमा नेपालमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा खगोलशास्त्रमा स्नातकोत्तर सकेका ३ जना खगोलशास्त्री विद्यार्थीहरु सुष्माखनाल, मेघनाथ चालिसे र जिपिअधिकारीले खगोलशा स्त्रविषयमा पिएचडि शोधकार्य गरिराखेका छन् । अर्थात प्रा.सत्याल उत्त mशोधकार्यको सल्लाहकार (थेसिस एड्भाइजर ) समेत हुन ।


अमेरिकामा बसेर विज्ञान क्षेत्रमा विशिष्ट योगदान गरेवापत नेपाल सरकारले २ वर्षअघि एकलाख रुपैयाँको राशी सहित उत्कृष्ट युवा पुरस्कारले सम्मान गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई काठमाण्डौमा आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गरेकी थिइन् ।

The post काभ्रे जिल्लाका वैज्ञानिक सत्यालको टोलीले नयाँ ग्रह “केप्लर–४७” पत्ता लगाए appeared first on Khabar Report.


दिल्लीमा सन्दिपको शानः बने जीतको हिरो, क्रिश गेलको विकेट सहित ३ विकेट लिन सफल (भिडियो हेर्नुहोस्)

$
0
0

काठमाडौं – नेपाल किक्रेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले शनिबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स ११ पन्जाबविरूद्ध तीन विकेट लिएका छन् । आफ्नो जादुमयी बलिङ प्रदर्शन गरेका उनले दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा पन्जाबका तीन शक्तिशाली ब्याट्सम्यानलाई आउट विकेट लिएका हुन् ।

दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलाे विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट गरेका थिए । पहिलो बलमै छक्का हानेका राहुललाई लामिछानेले चौथोँ बलमा विकेट लिएका हुन् । 

यस्तै, दोस्रो ओभरमा लामिछानेलाई वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेलले चार चौका प्रहार गरे । विष्फोटक ब्याटिङमा चिनिएका गेलले २५ बलमा नै अर्धशतक पूरा गरे । खेलको तेह्रौँ ओभरमा बलिङमा आएका लामिछानेलाई गेलले उनलाई छक्का प्रहार गरे । तर, दोस्रो बलमा उनले गेललाई आउट गरे । सन्दीपको बलमा थप छक्का हान्न खोजेका गेल आउट भए । उनको बल कोलिन इन्ग्रामको हातमा आइपुग्यो । बाउन्ड्री नजिकै रहेका इन्ग्रामले बल हावामा फालिदिए र आफू बाउन्ड्री बाहिर ढल्न पुगे । इन्ग्रामले फालेको बललाई अक्सर पटेलले क्याच गरेर गेललाई आउट गरे ।  

यही ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए । खेलको अन्तिम बलिङमा लामिछानेले मन्दीप सिंह धरापमा परे । लामिछानेको बलमा ठुलो सट खेल्न खोजेका सिंहको क्याच कासिगो रबदाले उम्काए । लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् ।

The post दिल्लीमा सन्दिपको शानः बने जीतको हिरो, क्रिश गेलको विकेट सहित ३ विकेट लिन सफल (भिडियो हेर्नुहोस्) appeared first on Khabar Report.

Samsung Galaxy Fold को अचम्मको बिषेशता भिडियोमा नियाल्नुहोस्

जलाउन लाँदै गरेको महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमानले हत्या गरेको आशंका

$
0
0

वीरगन्ज  :  वीरगन्जको सिर्सिया घाटमा जलाउन लागेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका २३ प्रसौनीबिर्ताका पन्नालाल दासकी श्रीमती २८ वर्षीया अन्जुदेवी तत्वा दासको शव शुक्रबार प्रहरीले घाटबाटै उठाएको हो। 

बिहान ११ बजे तिर अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल र आफन्तले सिर्सियाको गैया घाट पुर्याएका थिए।  मृत्यु संकास्पद भएको भन्दै खबर पुगेपछि प्रहरी घाटमा पुगेको थियो। प्रहरी देख्नासाथ पन्नालालसहितका मलामी शव छोडेर भागेका थिए। 

अन्जु देवीका पति पन्नालाल र आफन्तले सुरुमा शव भारतमा लगेर दाहसंस्कार गर्न खोजेका थिए। त्यसका लागि उनीहरुले घरमै एम्बुलेन्स पनि मगाएका थिए। तर एम्बुलेन्स चालकले नमानेपछि उनीहरुले शव सिर्सिया घाटमा जलाउने प्रयास गरेको प्रहरीको भनाइ छ। 

प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले महिलाको कालगतिले वा अन्य कारणले मृत्यु भएको भन्ने विषय अनुसन्धान गर्नु पर्ने भएकाले शव नियन्त्रणमा लिएको बताए। 

नियन्त्रणमा लिएको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ। ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै  अन्जुदेवीको मृत्यु के कारणले भएको भन्ने यकिन हुन्छ’, शर्माले भने। 

वीरगन्जको एक फर्निचर उद्योगमा काठमिस्त्रीको रुपमा काम गर्दै आएका पन्नालालले बिहीबार राति निर्घात कुटपिट गरकै कारण अन्जुदेवीको मृत्यु भएको छिमेकीको आरोप छ। 

उनले दैनिक अन्जुमाथि निर्घात कुटपिटट गर्ने गरेको वडा सदस्य लालबाबु यादवले जानकारी दिए। प्रहरीले अन्जुको शरीरका विभिन्न भागमा चोट देखिएको बताएको छ। 

उनले दैनिक अन्जुमाथि निर्घात कुटपिटट गर्ने गरेको वडा सदस्य लालबाबु यादवले जानकारी दिए। प्रहरीले अन्जुको शरीरका विभिन्न भागमा चोट देखिएको बताएको छ। 

प्रहरी घटनास्थलमा पुगेपछि मृतकका श्रीमान् पन्नालाल दाससहित उनका आफन्त भने भागेका छन्। शव नियन्त्रण लिएर पोष्टमार्टमका लागि पठाउने काम भइरहेको उनले बताए। तत्काल कसैलाई नियन्त्रणमा नलिएको पनि उनको भनाइ छ।

पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले घटनाबारे अनुसन्धान भइरहेको बताए। पन्नालाल र अन्जुको आठ वर्षअघि बिहे भएको थियो। उनीहरुका दुई छोरी र दुई छोरा छन्। 

The post जलाउन लाँदै गरेको महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमानले हत्या गरेको आशंका appeared first on Khabar Report.

भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश माथि यौन दुव्र्यवहारको आरोप

$
0
0

नयाँदिल्ली — भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । एक पूर्व सहयोगीले उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।

यौन उत्पीडन आरोप लगाउने ३५ वर्षीया महिलाले सर्वोच्चका सबै (२२ जना) न्यायाधीशलाई शुक्रबार पत्र लेखी आफूलाई गोगोईले सरकारी निवासस्थित कार्यालयमा गत वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुर्व्यवहारको प्रयास गरेको बताएकी छन् ।

प्रधान न्यायाधीश गोगोईले आफूविरुद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप ‘अविश्वसनीय’ रहेको प्रतिक्रिया दिएका छन् । उनले आफूलाई महत्त्वपूर्ण मुद्दाको सुनुवाइ गर्न रोक लगाउने दुर्भावनाबाट यो प्रेरित अभिव्यक्ति मात्र भएको प्रतिक्रिया दिँदै आरोपको खण्डन गरेका छन् । यस क्रममा प्रधान न्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहेको र यसको पछाडी कुनै ठूलो शक्तिको हात हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

आफूमाथि लागेको आरोप अस्वीकार गर्दै गोगोईले भने, ‘यो न्यायपालिकाको स्वतन्त्रतामाथि खतराको संकेत हो ।’ उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनका लागि गरिएको एक षड्यन्त्र भएको समेत बताए । ‘यसका पछि ठूलो शक्ति लागेको हुन सक्छ,’ उनले भने, ‘यस्तो अवस्थामा काम गर्नुपर्‍यो भने राम्रा मान्छे यो अफिसमा कहिल्यै काम गर्न आउँदैनन् ।’ प्रधान न्यायाधीश गोगोईले ती महिलाको आपराधिक पृष्ठभूमि भएको बताए । ‘ती महिलालाई सर्वोच्चमा कसरी जागिर मिल्यो ? जब कि उसको विरुद्ध आपराधिक मुद्दा छ । यसको पनि जाँच हुनुपर्छ,’ उनले भने ।

महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागिरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोपसमेत लगाएकी छन् । महिलाले पत्रमा लेखेकी छन्, ‘उहाँले मलाई मेरो कम्मरमा समात्नुभयो, शरीरका सबै अंगमा हात लगाउनुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो ।’

यसैबीच, प्रधान न्यायाधीशले आफूमाथि लागेको आरोपको सुनवाइ आफैं संलग्न रहेको बेन्चबाट गरेका छन् । प्रधानन्याधीश गोगोईविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधान न्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र सञ्जीव खन्ना रहेको विशेषबेन्चमा सुनुवाइ भएको हो ।

बेन्चले प्रधान न्यायाधीशमाथिको आरोपबारे अन्य न्यायाधीशसहितको एक विशेष बेन्चमा सुनुवाइ हुने जनाएको छ । आफैं आरोपित भएको अवस्थामा बेच्चमा बस्नु गलत भएको प्रतिक्रिया केही कानुन व्यवसायीहरूले दिएका छन् । महिला कानुन व्यवसायीहरूले यस प्रकारको सुनवाइलाई यौन उत्पीडन आरोपका लागि निर्धारित प्रक्रियाकोउल्लंघन भएको बताएका छन् ।

गोगोईको यात्रा

भारतको पूर्वोत्तर राज्यबाट प्रधान न्यायाधीश बन्ने गोगोई पहिलो व्यक्ति हुन् । उनी भारतको ४६ औं प्रमुख न्यायाधीशका रूपमा कार्यरत छन् । उनको कार्यकाल १७ नोभेम्बर २०१९ सम्म रहेको छ । १८ नोभेम्बर १९५४ मा जन्मेका गोगोईले सन १९७८ मा कानुनी सेवाका लागि आफ्नो नाम दर्ता गराएका थिए । उनी गुवाहाटी उच्च अदालतमा संवैधानिक र कम्पनी विषयमा बहसहरू गरेका थिए ।

२८ फेब्रुअरी २००१ मा गुवाहाटी उच्च अदालतले उनलाई स्थायी न्यायाधीशमा नियुक्त गरेको थियो । ९ सेप्टेम्बर २०१० मा उनलाई पन्जाब र हरियाणा उच्च अदालतमा सरुवा गरिएको थियो । उनलाई १२ फेब्रुअरी २०११ मा पन्जाब र हरियाणा उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त गरियो । २३ अप्रिल २०१२ मा सर्वोच्च अदालतको न्यायाधीशमाउनी नियुक्त भएका थिए ।

पछि ३ अक्टोबर २०१८ मा उनी भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश बने । उनले असमको राष्ट्रिय नागरिक रजिस्टार, सांसद तथा विद्यालयकहरूका लागि विशेष सुनुवाइका लागि विशेष अदालतहरू गठन, राजीव गान्धी हत्याकाण्डका अभियुक्तहरूलाई आजीवन कराबासको सजायमाकमी, लोकपालको नियुक्तिसहितका विभिन्नविषयहरूमा महत्त्वपूर्ण फैसला आफ्नो कार्यकालमा दिइसकेका छन्  ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

The post भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश माथि यौन दुव्र्यवहारको आरोप appeared first on Khabar Report.

इटहरीमा प्रहरीद्धारा होटल व्यवसायीहरुलाई सास्ती

$
0
0

ईटहरी — इटहरी क्षेत्रका होटल व्यवसायीले सुरक्षा निकायले अनावश्यक दुःख दिने गरेको गुनासो गरेका छन् । होटल व्यवसायीले आचार संहित पालना गरेपनि प्रहरीबाट सास्ती पाएको उनीहरूले आरोप लगाए । 

होटल व्यवसायी संघको आयोजनामा शुक्रबार भएको अर्न्तक्रियामा सहभागीले प्रशासनले असहयोग गरेको गुनासो गरे । होटल व्यवसायलाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । संघका अध्यक्ष जीवन पराजुलीले होटल व्यवसायीलाई प्रशासनले नकारात्मक रूपमा लिने गरेको बताए ।

प्रशासनले व्यवसायीलाई अनावश्यक छापा मार्ने, सञ्चालकलाई अनुसन्धान नगरी पक्राउ गरी दुःख दिने गरेको छ ।’ उनले भने, ‘प्रहरीले मार्गनिर्देशन गर्ने हो । अनावश्यक दुःख दिएका कारण पर्यटकसमेत बस्न नमान्ने अवस्था छ ।’ होटलमा हुन सक्ने नकरात्मक क्रियाकलापप्रति संघले अनुगमनलाई तिव्रता दिएको छ ।

आपराधिक गतिविधि न्युनीकरणका लागी संघ प्रहरीलाई साथ दिन तयार रहेको उनले बताए । यद्यपि प्रहरीले समेत आफ्नो व्यवहारमा सुधार ल्याउन आवश्यक रहेको उनीहरूको बुझाई छ । होटल व्यवसायी संघका अनुसार यो सहरमा मात्र साना तथा ठुला गरी करिब ४ सयको हाराहारीमा व्यावसाय पुगिसकेका छन् ।

इटहरीमा हाल १० बजेसम्म होटल सञ्चालन गर्ने अनुमति छ । संघका अनुसार इटहरी पूर्वको मुख्य प्रवेशद्वार भएकाले रातको ११ बजेसम्म खोल्न पाउनुपर्ने उनीहरूको माग छ । बाह्य तथा आन्तरिक पर्यटक टाढाबाट आउने भएकाले चाँडै होटल बन्द हुँदा बासको समस्या हुने गरेको उनीहरूको बुझाइ छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले प्रहरीलाई प्रतिपक्षीको रूपमा नलिन आग्रह गरे । होटलमा आश्रय लिएर आपराधिक क्रियाकलाप, मानव बेचबिखन र आर्थिक चलखेलहुन सक्ने भएकाले प्रहरीले

छापा मारेको उनको भनाइथियो । प्रदेश १ को कानुनविद्तथा मस्यौदा समितिका संयोजकसदस्य रेवतरमण भण्डारीलेहोटल व्यवसायी र प्रहरी दुवैको सहकार्यमा आपराधिक घटना नियन्त्रण गर्न सकिने बताए । अपराध रोकथाम र नियन्त्रण गर्नु राज्यको दायित्व भएको बताउँदै उनले भने, ‘अपराध नियन्त्रण गर्नु प्रहरीको कर्तव्य हो । तर पर्यटकको मौलिक हकलाई भने बिर्सनु हुँदैन ।’ होटल सञ्चालन गर्दा व्यवसायीले समेत आफ्नो कर्तव्यलाई पालना गर्नुपर्ने उनको सुझाव छ ।

The post इटहरीमा प्रहरीद्धारा होटल व्यवसायीहरुलाई सास्ती appeared first on Khabar Report.

श्रीलंकामामा शृङ्खलावद्ध विष्फोट: मृत्यु हुनेको संख्या सय नाघ्‍यो, चर्च र होटल निशानामा , देशभर कर्फ्यू घोषणा

$
0
0

बीबीसी । श्रीलंकामा आठौं विस्फोट गराइएको छ । बीबीसीका अनुसार आठौं विस्फोट कोलम्बोको देमाटागोडामा विस्फोट गराइएको हो । आइतबार बिहान विभिन्न छ स्थानमा विस्फोट गराइएको थियो भने दिउँसो दुई विभिन्न स्थानमा विस्फोट गराइएको हो ।

विस्फोटबाट ठूलो जनधनको क्षति भएको र विस्फोटका शृंखला नरोकिएपछि श्रीलंका सरकारले देशभर आपतकालीन कर्फ्यू घोषणा गरेको छ । त्यससँगै त्यहाँको सरकारले सामाजिक सञ्‍जालको ‘म्यासेजिङ सर्भिस’ मा पनि प्रतिबन्ध लगाएको छ । यो सेवा कतिसम्म बन्द गर्ने भन्‍ने खुलाइएको छैन । बीबीसीले श्रीलंकाको विस्फोटको अपडेटका लागि

यसअघिको सातौं विस्फोटमा दुई जनाको ज्यान गुमाएको बीबीसीले जनाएको छ । कोलम्बोस्थित देहीवालामा रहेको चिडियाखाना पछाडिरहेको होटलमा उक्त विस्फोट गराइएको थियो ।

अहिलेसम्म श्रीलंकाको विस्फोटमा १८७ जनाको ज्यान गइसकेको पुष्टि भएको छ । आइतबार बिहान भएका छुट्टाछुट्टै विस्फोटमा एक सय ८५ जनाको मृत्यु भएको कोलम्बो नेशनल हस्पिटलले पुष्टि गरेको हो ।

विष्फोटमा परी चार सय ४० जना भन्दा बढी घाइते भएका छन् । कोलम्बो अस्पतालका अनुसार आक्रमणमा परी मृत्यु भएका मध्ये नौ जना विदेशी नागरिक रहेका छन् ।

बीबीसीका अनुसार आइतबार बिहानमात्र तीन चर्च र कोलम्बोका तीन वटा फाइभ स्टार होटलहरुमा बम विष्फोट भएको हो । कोच्चादाईस्थित सेन्ट एन्थोनी, बट्टिकोला र नेगोम्बो चर्च र कोलम्बको सांग्री–ला स्टार, किंग्सबरी र सिनेमन ग्राण्ड होटलमा विष्फोट भएको बताइएको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आक्रमणको अनुसन्धान भइरहेका बताएका छन् । उनले भ्रामक समाचारमा विश्वास नगर्न र शान्त रहन अपिल पनि गरेका छन् ।

The post श्रीलंकामामा शृङ्खलावद्ध विष्फोट: मृत्यु हुनेको संख्या सय नाघ्‍यो, चर्च र होटल निशानामा , देशभर कर्फ्यू घोषणा appeared first on Khabar Report.

बैंग्लौरको चेन्नाइ माथि एक रनको रोमान्चक जित

$
0
0

९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले एक रनको रोमान्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा बैंग्लोरले चेन्नइ सुपरकिंग्सलाई १ रनले हराएको हो ।

चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको चेन्नइले ८ विकेटको क्षतिमा १६० रन बनाउन सक्यो । यस जितबाट २ अंक थपेको बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।

बैंग्लोरलाई हराउनका लागि चेन्नईलाई अन्तिम ओभरमा २६ रन बनाउनुपर्ने थियो । महेन्द्रसिंह धोनी र शार्दुल ठाकुर क्रिजमा थिए । उमेश यादव बलिङमा थिए । पाँच बलसम्म धोनी २४ रन बनाउन सफल पनि भए । तर अन्तिम बलमा शार्दुल ठाकुर रनआउट भएपछि चेन्नाईले बैंग्लोरलाई नतिजा सुम्पिन बाध्य भयो ।

धोनी ८४ रनमा अविजित रहे । उनले ३५ बलमा अर्धशतक पूरा गरे । आईपीएलको जारी सिजनमा यो उनको तेस्रो अर्धशतक हो ।

बैंग्लोरको तर्फबाट डेल स्टेनले २९ र उमेश यादवले ४७ रन दिएर २-२ विकेट लिए । नवदीप सेनी र युजवेन्द्र चहलले एक-एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि पार्थिव पटेलले ५३ रन बनाएका थिए । उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । जारी सिजनमा यो उनको दोस्रो अर्धशतक हो । उनी म्यान अफ दि म्याच पनि चुनिए ।

दीपक चहरले २५, रविन्द्र जडेजाले २९ र ड्वेन ब्राभोले ३४ रन दिएर २-२ विकेट लिए । इमरान ताहिरले एक विकेट लिए ।

आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको छ ।

हैदरावादले कोलकातालाई ९ विकेटले हरायो

आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको छ । उसले १६० रनको लक्ष्य १५ औं ओभरमा एक विकेटको क्षतिमा भेटायो । यो जितसँगै हैदरावाद शीर्ष चारमा पर्न सफल भएको छ ।

हैदरावादका लागि जोनी बेयरस्टोले ८० र डेभिड वार्नरले ६७ रन बनाए । दुवैले पहिलो विकेटका लागि १३१ रनको साझेदारी गरे ।

कप्तान केन विलियम्सनले ८ रनमा नविजित रहे । कोलकाताका पृथ्वीराजले डेब्यू म्याचमा वार्नरलाई बोल्ड गरे ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । उसका लागि क्रिस लिनले ४७ बलमा ५१ रन बनाए । रिंकु सिंहले ३० र सुनिल नरेनले २५ रन योगदान गरे । हैदरावादका लागि खलिल अहमदले ३ र भुवनेश्वर कुमारले २ विकेट लिए ।

The post बैंग्लौरको चेन्नाइ माथि एक रनको रोमान्चक जित appeared first on Khabar Report.


फेरि विवाह गर्दै नेकपाका अध्यक्ष पुष्प कमल दाहाल

$
0
0

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि विवाह गर्ने भएका छन् । प्रचण्डले अन्य कुनै महिलासँग नभइ आफ्नी पत्नी सीता दाहालसँगै दोस्रो पटक विवाह गर्न लागेको अनलाइन मिडिया रातोपाटीले समाचार लेखेको छ । रातोपाटीले प्रचण्ड निकट स्रोतको हवाला दिँदै आगामी बैशाख २६ गते प्रचण्ड र सीताबीच दोस्रो पटक विवाह हुन लागेको उल्लेख गरेको छ ।

समाचारमा उल्लेख भएअनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ र यही अवसर पारेर पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको समाचारमा उल्लेख छ ।

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

The post फेरि विवाह गर्दै नेकपाका अध्यक्ष पुष्प कमल दाहाल appeared first on Khabar Report.

हमारा देश अब कौंन चलाएगा – आपका राए दिजिए (भिडियो देखिए)





Latest Images